‘१०० भन्दा १ जना पनि सदस्य कम नभै प्रधानमन्त्रीलाई टिकाउँछौं’ : नेकपा मुख्य सचेतक भट्टराई



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक विशाल भट्टराईले सर्वोच्चको फैसला स्वीकार गर्दै २३ गते बोलाइएको संसदबाट १०० भन्दा १ जना पनि सदस्य कम नभै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता गराउने दाबी गरेका छन् ।

नेकपा खोटाङ बूढानीलकण्ठ सम्पर्कमञ्च द्धारा आयोजित सम्मान कार्यक्रममा भट्टराईले केपी शर्मा ओलीकै सद्विचारले बाम गठबन्धन भई बहुमतको सरकार सञ्चालन गरेको भएपनि काम गर्न नदिएको कारण गलत प्रवत्तिका मान्छेहरुलाई सत्ता सुम्पिनु भन्दा ताजा जनादेशको लागि संसद विघटन गर्नुपर्ने बाध्यता भएको समेत बताए ।

नाकाबन्दीको बेला भारतलाई निगुरमुन्टी न बनाउन सफल राष्ट्रप्रेमी नेता भएकोले, राष्ट्र राष्ट्रियताको लागि आवाज बोक्ने राजनेता भएकोले र विकास र समृद्धिको नायक भएकोले नेकपा संसदीय दलले ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता गराउनेमा ढुक्क हुन आग्रह समेत गरे ।

कार्यक्रममा खोटाङबाट निर्वाचित संघीय सांसद विशाल भट्टराई मुख्य सचेतक भएकोमा सम्मान गर्दै पार्टीका विभिन्न पद र जिम्मेवारीमा पुग्ने खोटाङवासी नेता कार्यकर्तालाई सम्मान समेत गरेको थियो ।

नेकपा बूढानीलकण्ठ १० का अध्यक्ष जगत प्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बू.न.पा.१० का वडाध्यक्ष नवराज भट्टराई, ११ का अध्यक्ष राजु अधिकारी, १२ का अध्यक्ष शम्भु भट्टराई, उप–प्रमुख रमादेवी राई, नगरप्रमुख उद्धव खरेल लगायत दर्जनभन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्