प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको खोप लगाउने भएका छन् ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड १९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्इा मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउनेबारे जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीसँगै भोलि संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले खोप लगाए सँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।