काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
दोस्रो चरणको खोप कार्यक्रमअनुसार प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित त्रिवि अस्पताल पुगेर खोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ ।
प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री ह्दयश त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।
दोस्रो चरण्को यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइनेछ ।
यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।