अब मध्यावधि निर्वाचनको विकल्प छैन : डा कोइराला



नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखे ।

“नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था ९एमाले र माओवादी०मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन”, उनले भने, “संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।” डा कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । उहाँले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्त्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे । उनले काँग्रेसको १४ औँ महाधिवेशनको आफू बलियो सभापतिको दावेदार रहेको बताउँदै सोहीअनुरुप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्