प्रारम्भिक घटना
२०५४ सालको कुरा हो नरेन्द्र बिरामी भए, देश द्वन्दको चपेटामा थियो। गाँउ नै आतंककारी घोषणा गरिएको बेला देशमा उपचार सम्भव थिएन । त्यसैले उनी भारत जाने, उपचार गर्ने र काम पनि गर्ने निधोले पौषमा सिमला पुगे। सिमला पुगेर डाक्टरलाई देखाए, औषधी खाँदै थिए । भारत पुगेको २२/२४ दिन मात्र भएको थियो। बिरामीका कारण काममा जोडिन पनि सकेका थिएनन्। गाँउका आफन्तहरु सिमलामा धेरै थिए । औषधी उपचारको सजिलोका कारण आफ्ना सानीआमा र सानो बुबाहरुको सिमला खलेनीमा रहेको छाप्रोमा उनी पाहुनाका रुपमा बस्न थाले । 19 Jan 1998 का दिन औषधी खाएर सुतिरहेका बेला आँगनमा घाम तापिरहेको बेला उनकी काकी कमलादेवी भनिने दुण्ठी रोकालाई कसैले मारे। छाप्रोमा सुतिरहेका नरेन्द्र माथि पनि सायद मार्ने नियतले होला, अन्धाधुन्द प्रहार गरे।
प्रहारका बाबजूद उनी आक्रमणकारीलाई पन्छाएर भागे तर टाउकाको चोटका कारण उनको होस गुमिसकेकोले अलिक पर गल्लीमा ढल्न पुगे। जब होसमाआए तब नरेन्द्र अस्पतालमा थिए । उनकोअगाडि पट्टीको एउटा दाँत झरेको थियो । टाउको भरी १६ टांका लगाइएको थियो अनि उनलाई पुलिसले घेरिरहेका थिए । के भयो ? कसले कुट्यो ? अस्पताल कसले पुर्यायो ? पुलिसले किन घेरेको छ ? त्यो समज भन्दा बाहिरको कुरा थियो। 19 January मा अस्पताल भर्ना भएका उनी 27 January मा अस्पतालबाट डिस्चार्ज भए । त्यसपछि उनी पुलिस कस्टडीमा पुर्याइए । 29 January मा उनलाई ज्यान मारेको अभियोगमा सिमलाको कैठू सब जेल चलान गरियो।
घटना के थियो त?
राम कुमार भनिने रण बहादुर रोकाले नरेन्द्रकी सानी आमा ढूण्ठी रोका(बुढा)लाई विवाह गरी साथमै सिमला लगेका थिए। उनीहरु निःसन्तान थिए । उनीहरुको बीचमा झगडा र कुटाकुट चलिरहन्थ्यो। के कति बिषयमा झगडा पर्थ्यो, समस्या बुढाको कि बुढीको थाहा भएन। झगडाको बिउ के हो त्यो नि थाहा भएन तर झगडा तगडा थियो त्यो अरुले नि जान्दथे।
रण बहादुर लामो समय देखि भोटे ठेक्दार तेन्जींगको साथमा मिस्त्री काम गर्थे।उनलाई मुन्छि फर्के रोका र आसपुर रोकाले काममा लगाएका थिए।
एक बालिका अन्जुले प्रहरी समक्ष दिएको भनिएको बयानमा भनिएको छ, “कमलादेबी घाम तापिरहेकी थिइन्, त्यसबेला उनी साथीहरुसँग नजिकै खेलिरहेको बेला एउटा गोरखा(नेपाली)ले कमलादेबीलाई डण्डाले हानिरहेको र उनीहरु डरले भागेको बताएकी थिइन्।” अर्को ओम प्रकाश भन्ने नेपालीले आफू डंगा(ढिक) लगाईरहेको बेला नरेन्द्र हातमा लौरो लिएर आफूतिर दौडिरहेको र उनलाई देखेपछि नरेन्द्रले आफ्नो टाउकोमा आफैँ पटक पटक लौरोले हिर्काएर लौरो फाली अगाडि भागेको देखेको बयान दिएका थिए।
घटना मुचुल्कामा कमलादेबीलाई टाउकोमा लौराले हानेर मारिएको साथै ढोका नजिक एउटा दाँत झरेको र कुट्न प्रयोग भएको लौरो त्यहीं बरामद भएको जनाइएको छ। यसको आधारमा पहिलो बालिका मन्जुको बयान सही रहेको तर दोस्रो ओम प्रकाशको बयान नक्कली थियो भन्न सकिन्छ। कमलादेबीलाई मार्ने गोरखा(नेपाली) नै हो तर नरेन्द्र भनेर बालिका अन्जुले किटान गरेकी छैनन्। ओमप्रकाशको बयान नक्कली देखिन्छ किनकी पहिलो आफैले आफैलाई यसरी निर्घाट कुट्न सम्भव छैन। दोस्रो घटना मुचुल्कामा नरेन्द्रको दाँत झार्न र कुट्न प्रयोग भएको डण्डा घटना स्थल मै बरामद भएको उल्लेख छ।
रण बहादुरले नरेन्द्रले नै आफ्नो श्रीमती मारेको, नेपालबाट यो माओवादी आफू र बुढाबुढीलाई मार्न सिमला आएको किटानी जाहेरी गरे।
के हुन सक्छ त षड्यन्त्र ?
घटना घट्ने बित्तिक्कै पुलिस पुग्ने नै भए, साथै भोटे ठेक्दार तेन्जिंगले घटना बुझेर आफ्नो पूरानो कामदार मिस्त्री जोगाउन पुलिससँग मिलेर यस्तो षड्यन्त्र गरेको हुन सक्छ।
त्यस बेलासम्म सिमलामा भोटे ठेक्दार तेन्जिंग स्थापित भैसकेका थिए। त्यसैले आफ्नो चिनेको मान्छे जोगाउन पुलिस मिलाउनु उनका लागि सामान्य थियो। यो शंका गर्ने आधार उनले सबभन्दा बढी काममा साथ दिने आफ्ना दुई मान्छेहरु फर्के रोका र आसपुर रोकालाई रातारात घर विदामा पठाएका छन्। अनि उनको मातहत काम गर्ने जो कोहीलाई पनि नरेन्द्रको पक्षमा बयान दिनबाट बन्चित गरिएको देखिन्छ। नरेन्द्रका जेठा ससुरा र जेठी सासू त्यही थिए तर बयान दिन जानै सकेनन्। किनभने जसले नरेन्द्रको पक्षमा बयान दिन जान्छ जो कोहीलाई पनि बाँकि नराख्ने रण बहादुरको धम्की र बयानमा जानै नदिने भोटे ठेक्दार तेन्जिंगको षड्यन्त्रले नरेन्द्रमाथि नगरेको अपराध थोपरिएको देखिन्छ।
को हुन सक्छ त अपराधी ?
अपराध या षड्यन्त्र रण बहादुर आफैले गरे या रण बहादुरले कसैलाई गर्न लगाए। रण बहादुरले नरेन्द्रले नै मारेको, त्यो पनि नेपालबाटै योजनाबद्ध माओवादीले पठाएको भनी कहीँ सम्भव नै नभएको आरोप लगाए। त्यसो त नरेन्द्रलाई कसले कुट्यो त ? त्यता उनी जानै चाहेनन् किनकि माओवादी आरोपमा अपराध जत्ति पन्छाउन खोजेका हुन् भन्ने देखिन्छ।
आफ्नो पत्नी मारिएपछि तत्कालै छोरी सरहको केटी विवाह गरेर घरजम बसाए । यसको मतलब ढूण्ठी रोका कतै सन्तान नजन्माएकै कारणले मारिएकी त होइनन् ?
बिरामी नरेन्द्रले उपचारका लागि पराय देशमा सानीआमाकोमा आश्रय पो माग्न पुगे त त्यस्तो मार्नै पर्ने कारण त देखिन्न। ढूण्ठीको त्यस्तो को दुश्मन हुन सक्छ जसले बिना कारण उनको हत्या गरोस्।
के के भयो त नरेन्द्रलाई ?
- -29 Jan 1998 मा Kaithu sub Jail Simla थुनछेकका लागि जेल चलान गरिए। -01 Aug 1998 मा Session Court Simla ले murder case मा आजीवन काराबास(उम्र कैद) फैसला गर्यो।
- -02 Aug 1998 मा हिमान्चल कै सिरमोर जिल्ला नाहानमा रहेको Central Model Jail मा सरुवा गरियो,जहां criminal case का कैडीमात्र राखिन्छन्।
- -October 1998 मा Brestail Jail मण्डी जिल्ला पूर्याईए।
- -April 1999मा पुन: नाहान जेल पुर्याइयो।
- -08 Sep 2000 मा High Court सिमलाले जिल्ला सदर गरी दियो। High Court को मुद्धा पुनराबेदनमा अधिबक्ता बिमल गुप्ताले साथ दिएका थिए। यस कार्यमा जोख बहादुर रोकाले सक्दो प्रयास गरे पनि प्रर्याप्त आधार प्रमाणहरुको अभावमा मुद्धामा जिल्लाकै फैसला सदर गर्यो।
- -11 March 2002 मा Suprime Court नयां दिल्लीले Session Court र High Court को फैसला सदर गरी दियो।हदम्याद गुज्रीएरलालमोहर लागे पछि मात्र नरेन्द्रले जानकारी पाए। -March 2003Aananda sent Today at 7:16 PM
- March 2003 मा सिमलाको काण्डा Central Model Jail मा लगियो। -07 Nov 2005 मा Supreme Court को फैसला review का लागि अपिल गरे तर हदम्याद गएको भनेर reject भयो।
- -2012 मा १४ बर्ष पूरा भएपछि हिमान्चल राज्य सरकार समक्ष Marsalis Release को लागि उनले अपिल गरे। तर रण बहादुरकै कारण सफल भएन।
- -2014 मा पुन: नाहान जेल सरुवा गरियो। –
- 13 April 2021 मा Supreme Court मा गरिएको बिशेष अपिलका आधारमा राजकिय आदेशमा उनी २४ बर्ष पछि Central Model Jail नाहानबाट जेल मुक्त भए।
मुद्धा र बहस
मुद्धा चलाए पछि नरेन्द्रको पक्षमा कमजोर बहस भएको देखिन्छ, नरेन्द्रले मान्छे मारेको तर बेहोसी(on sound mind)मा मारेको भनेर प्रति फेरिएको छ, सबैलाई मिलोमतोमा फसाई दिने धम्की खाएपछि भएका उनका इस्तआपस्त सबै लुकेको वा चुप लागेको देखिन्छ भने प्रतिबहस केवल औपचारिकताका लागि रचिएको साजिस देखिन्छ।
उनलाई बयान लिदा आफू घटना घट्नु अगाडि सुतिरहेको र केही थाहा नपाएको, होशमा आउदा अस्पतालमा रहेको बयानलाई आधार मानी यो बहस गरिएको देखिन्छ तर बहसमा नरेन्द्रको हालत कसरी त्यस्तो भयो भन्ने पट्टी बहस भएको देखिंदैन। बेहोसीमा भन्ने भए पछि उनलाई हेर्ने डाक्टरसंग बयान लिइयो, डाक्टरको proscription हेरियो, उनले खाइरहेको औषधी हेरियो। सबै कुराले उनी मानसिक सन्तुलन मै रहेको प्रमाणित भयो। यो बहसले नरेन्द्रले मान्छे मारेकै पुष्टि गर्न बल पुग्यो। तर Session Court का न्यायधिशको प्रश्न‘ठिक छ नरेन्द्रले मान्छे मार्यो रे, त्यसो भए नरेन्द्रलाई कसले यस्तो हुने गरेर कुटेको हो त ?’ भनेर महिनौंसम्म फैसला रोके पनि कुनै तर्कतथ्य अगाडि नल्याइएपछि अन्तत उनलाई खतरनाक अपराधीको रुपमा आजीवन काराबास (उम्र कैद)को फैसला सुनाइयो।
Simla High Court मा पुनराबेदन भयो, जोख बहादुर रोकाको पहलमा अधिबक्ता बिमल गुप्ताले बहस गरे तर सबुत प्रमाणकोअभावमा गुप्ताको बहसले स्थान पाएन र सिमला उच्च अदालतले जिल्लाको आदेश सदर गरिदियो।
नरेन्द्रलाई जेलमा राम्रै सहयोग भएको देखिन्छ। भारतीय सर्बोच्च अदालत (Supreme Court of India) मा जेलका निर्देशक (Superitandent) को सहयोगमा नयां दिल्लीका अधिबक्ता बलराज देवानलाई पुनराबेदन गर्न लगाइएको थियो।सामाजिकअभियान्ताका हैसियतले अपठ्यारोमा परेको नरेन्द्रका लागि अधिबक्ता देवानले स्वयमसेवीको रुपमा बहस गर्ने र निर्दोष साबित गर्न हदैसम्मको प्रयास गरेको देखिन्छ तर त्यहां पनि सबुत प्रमाणको अभावमा जिल्ला र उच्च अदालतको आदेश सदर हुन पुग्यो।
सबै प्रकृयाहरु सकिए पछि नरेन्द्रलाई लगाइको मुद्धाको अन्तिम निस्कर्ष सहित फैसलामा लालमोहर लाग्यो। भारतीय कानून अनुसारलालमोहर लाग्नु अन्तिम फैसला हो, लालमोहर लागेको मुद्धामा पुनर्बिचार (review) हुदैन।
2005 मा Supreme Court फैसला review का लागि साइला भाई दल बहादुर रोकाले अधिबक्ता बलराज देवानमार्फत अपिल गरे तर Supreme Court ले अन्तिम फैसला भई लालमोहर लागि सकेको मुद्धा review हुन नसक्ने भनेर reject गरिदियो।त्यस पटक पूर्णप्रकाश रोकाले नयां दिल्लीमा दल बहादुरलाई राम्रो साथ दिएका थिए। त्यसबेला दल बहादुर भरखर दुबाईबाट फर्किएर सिमलाकोकान्डा जेलमा नरेन्द्रलाई भेट्न जांडा नरेन्द्र कै आग्रहमा दिल्ली गई बलराज देवान मार्फत अपिल गरेका थिए।
मेरो प्रयास
2012 मा १४ बर्ष पूरा भएपछि हिमान्चल राज्य सरकार समक्ष Marsalis Release को लागि जेल निर्देशकको सहयोगमा अपिल गरे।भारतीय कानून बमोझिम उम्र कैडीमा रहेकालाई जेल रिपोर्ट राम्रो छ र पिडित पक्षको सहमति भएमा १४ बर्षमा राज्य सरकारले प्रकृया पूर्याएर छाड्ने नजिर छ। जेल रिपोर्ट र प्रचलित नजिरका आधारमा तत्कालिन हिमान्चल राज्यका गभर्नरले नरेन्द्रलाई कैड मुक्त गर्नेनिदोका साथ आफ्ना अधिकारीहरुलाई रण बहादुरलाई हाजिर गर्न लगाए अपसोच आफ्नो भतिजोलाई छोड्न सहमति दिनुको सातोउल्टै ‘उ खतर्नाख हत्यारा भएकोले छोड्नै नहुने’ भनी निबेदन लेखेर पेश गरे।यो अन्तिम मौकामा पनि आफ्नै सान्बा भनिएका रण बहादुरले अर्को गम्भीर घात गरे।
२०१२ मा नयां दिल्ली गए। मैले चिनेको दार्जलिंगका राजा चाम्लिंगलाई साथ लिएर सिमला पुगें, त्यहां जितेन्द्र पुनलाई सम्पर्क गरेर सिमलाको कान्डा Central Model Jail भेट्न गए। पहिला सामान्य भेट कक्षामा भेट्यौं तर एकछिन मै ‘नरिन्दरका जिजाजी आया है’ भन्ने जेल भित्र हल्ला चल्यो छ।हामी पनि जेल निर्देशक (Superintendent) लाई भेट्ने आग्रह गर्यौं। पछि हामीलाई जेल भित्रै बोलाइयो रमान सम्मानका साथ राखे।Superitandent भन्दै थिए, ‘हम ८र१० सालों से साथ में हि है, ये नरिन्दर एक मक्खी भि मार नै सक्ते हे कैसेमर्डर कर सक्ते हे ?’ जेलमा सबैले माया गर्दा रहेछन्। ’नरिन्दरलाई म कैदी थान्दिन, यिनी त मेरा बहुत प्यारो भाई हुन कसरी हुन्छ छिटोनिकाल्ने प्रयास गर्नुस्’ उनले मलाई भने।उनैको सल्लाह अनुसार हर प्रयत्नहरु गर्यौं।
प्रबासी नेपाली संगठनको सहयोग माग्यौं, नेपाली दूताबास गुहार्यौं, Indian Government लाई गुहार्यौ। २०१२, २०१३, २०१५, २०१७ र२०१८ गरी पांच पटकसम्म इन्डिया गए। दुई पटक सिमलाको कान्डा जेल पुगें। तीन पटक सिरमोर जिल्लाको नाहान जेल पुगे। दुई पटकत नयां दिल्ली स्थित नेपाली दूताबासका काउन्सुलर साबहरुसंग नाहान जेल पुगे। चाहिने जति ठाउंहरु धाए । गएका सबै ठाउंबाट सहयोग पाए, सबै मान्छेले सहयोग र सहानुभूती दिए तर नरेन्द्रलाई जेल मुक्त गराउन सम्भब भइरहेको थिएन।
आर बि खडका ज्यूसंग नरेन्द्र कै लागि इन्डिया धाउँदा के बि पाठक ज्यूले जोडिदिनु भएको हो।२०१२ देखि नै साथी बन्यौं, माओबादी बिचार र पार्टी नै हो हामीलाई जोड्ने कडी।
मैले नरेन्द्रका लागि इन्डिया धाउँदा धाउँदा आर बि ज्यू पनि यस बिषयमा पोख्त भइसक्नु भएको थियो।अन्तत: नरेन्द्रलाई निकाल्नु हाम्रो इमेजको सवाल बनी सकेको थियो, त्यस बिषयमा गत साल गहिरो छलफल गर्यौं। अब जे गरेर हुन्छ नरेन्द्रलाई निकाल्ने निधो गर्यौं तर बीचमा कोरोनाको कारण बिषयान्तर भयो। कोरोना सकस कम हुदै गएपछि यस बिषयमा गम्भीरता पूर्वक लाग्यौं।
सायद गत Januaryमा नै मुक्त गराउन सक्ने थियौं तर त्यस बेला आर बि ज्यूको बुबाको निधनले काममा असर गर्यो। बिशेष ब्यबस्था अन्तर्गत बल्ल नरेन्द्रलाई २०७७ को अन्तिम दिन चैत्र ३१ गते सांझ जेल मुक्त गर्न सफल भयौं। यो बिशेष भूमीका लागि आर बि ज्यू, वहांको आइडिया,प्रयास, पहुंच र टिम प्रति आभारी छु। एउटा मानवताको लडाईमा नैतिक बिजय पाएका छौं।
नरेन्द्रको नयां जूनी
२०७७ चैत्र ३१ मा जेल मुक्त भए पछि उनलाई रिसिभ गर्न आर बि खड्का ज्यू देहरादूनसम्म पुगेर स्वागत गर्नु भई नयां दिल्ली लिएर नेपाल आउने ब्यबस्था मिलाईदिनु भयो। २०७८ बैशाख ४ गते वहांलाई सुनौली नाकाबाट रिसिभ गरी दांग घोराहीको लोहासुरमा स्वागत गरीयो। १५ दिने क्वारेटाइनमा रहेर बैशाख १७ गते रोल्पा सुनछहरी ७ जेल्बांग आफ्नो घर २४ बर्ष पछि पुगेका छन्। २४ बर्ष देखि उनको बाटो हेरी बसेकी पत्नीले उनलाई स्वागत गर्न सुनौलीसम्म पुगिन् ।उनी नेपाल आउँदासम्म सुत्न सकेनन् रे। खाम भाषा बोल्दाबोल्दै नेपालीमा लग्छन् फेरी नेपाली बोल्दाबोल्दै हिन्दीतिर लग्छन्। किन निदाएनौ त भन्दा ‘पतानै अन्दर से उर्लेर आउछ’ भन्छन्। खुला संसार उनलाई पचाउनै गाह्रो भा जस्तो।
२ बर्ष पहिले नाहान जेल मै सुनसरीका अर्जुन राईले आत्महत्या गरेका थिए। उनलाई नि जन्म कैद सजाई नै थियो। निराशाको पराकाष्ठा नै होला उनले आत्महत्या गरेको। नरेन्द्रलाई हामीले त्यस्तो प्रयास र भेटघाट गर्दागर्दै पनि निराश भएर आत्महत्याको निधोमा पुग्दै गरेको देखियो, ‘अझै पनि न निस्किएको भए सायद सुसाइड गर्थें होला’ उनले भन्थे।
उनले जेलबाट Open University join गरेर Political Science मा Bachelor गर्दै थिए तर जेल सरुवा भए पछि last Pepper दिन नपाएको गुनासो छ उनको। नाहान जेलमा माओबादीको आरोपमा कैदीहरुले धेरै दूरब्यबहार गरेको पिडा उनले सुनाउंछन्। मौरी पालनको राम्रो तालिम लिएका रहेछन् तर भयंकर निराशामा फसेका रहेछन्। यो रिहाई नरेन्द्रको नयां जूनी साबित भएको छ।
(लेखक हाल उपराष्ट्रपति नन्द बहादुर पुनका प्रमुख स्वकीय सचिव हुनुहुन्छ ।)