काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६४८ जनाको पीसीआर परीक्षणबाट १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी जम्मा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ८५३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।