कोरोनाको खोप नलगाएका कर्मचारीलाई छुट्टी



पञ्जाब सरकारले कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टीमा पठाउने भएको छ । शुक्रबार बसेको कोभिड समीक्षा बैठकमा मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले एक मात्रा पनि खोप नलगाएका कर्मचारीलाई छुट्टीमा पठाउने भएको हो ।

उक्त बैठकले सेप्टेम्बर १५ सम्म खोप लगाउनका लागि अन्तिम मिति समेत तोकेको छ । तर, स्वास्थ्य अवस्थाका कारण खोप नलगाउने कर्मचारीलाई यो नियम लागू गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्