काठमाडौँ– योगगुरु रामदेवले आज पशुपतिनाथ मन्दिर परिसरमा योग अभ्यास गराएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरेको योग शिविरमा रामदेवले योग अभ्यास गराएका छन् ।
योग शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको थियो ।