नेपालमा जथाभाबी एन्टिबायोटिक प्रयोग, सङ्कटमा स्वास्थ्य



चिकित्सकको सल्लाह र कुनै पनि कीटाणुको परीक्षण गरेपछि मात्र बिरामीलाई एन्टिबायोटिक औषधि दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ । तर नेपालमा यसको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको एक अध्ययनले देखाएको छ । बढ्दो एन्टिबायोटिक प्रतिरोधी समस्या देखिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ उपत्यकामा एन्टिबायोटिक प्रयोगको बारेमा अनुसन्धान गरेको थियो ।

अनुसन्धानको प्रारम्भिक रिपोर्टअनुसार बिरामीले आफूखुसी एन्टिबायोटिक खरिद गर्ने गरेको, फार्मेसीले चिकित्सकको पुर्जीबिना नै बिक्री गरेको पाइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा। मेघनाथ धिमालले भने, बिरामीले आफ्नै ढङ्गले औषधि पसलबाट समेत यसको बिक्री गरेको पाइयो । गत वर्ष गरेको यो अनुसन्धानको पूर्ण प्रतिवेदन भने छिट्टै सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्