मधेशी आयोगका अध्यक्ष डा. दत्त र भौतिक पूर्वाधार मन्त्री यादव बीच भेटघाट



मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र भौतिक पूर्वाधार मन्त्री रेणु यादव बीच आज सिंहदरबारमा औपचारिक भेटघाट सम्पन्न भएको छ |

भेटमा अध्यक्ष डा.विजयकुमार दत्तले तराई-मधेशलाई समृद्ध गर्न रेलले महत्वपूर्ण योगदान दिने भएकोले रेललाई यथाशिघ्र संचालनमा ल्याउन अनुरोध गरे।
मन्त्री रेणु यादवले यहि फेब्रुअरीको पहिलो हप्तादेखि रेल संचालनमा आउने प्रतिबद्धता व्यक्त गरिन।

भेटघाटको अवसरमा कुसाहा-बेल्ही सडक, हुलाकी राजमार्ग, चिसोले गर्दा तराई-मधेशमा कष्टकर बन्दै गइरहेको मानवीय जीवन रक्षा लगायतका विषयमा आधा घण्टा भन्दा बढी छलफल भएको आयोगले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्