नेताहरूले व्याख्यात्मक टिप्पणीको नाममा भेडा जनताहरुलाई झुक्याए



नेपाली जनताहरु भेडा हुन । एमसीसी परियोजना रोक्न सुरक्षाकर्मीहरुले साथ दिएनन भन्नू शोभनीय हुँदैन । मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन । नेपाली जनताहरु वास्तबमा नै भेडा हुन । मुलुकमा जनताहरु नै को छ र ? सबै राजनीतिक पार्टीका कार्यकर्ताहरु मात्र छन । सुरक्षाकर्मीहरुले जोखिम मोल्ने किन ?

नेपाली जनताहरुले नेपाली जनताहरु वास्तविकमा नै भेडा हुन भनी प्रमाणित गरे । प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, अग्नि सापकोटा, बाबुराम भट्टराई, काँग्रेस, नेकपा समाजवादी, माओवादी र जसपाका नेताहरू र सांसदहरूले व्याख्यात्मक टिप्पणीको नाममा नेपाली जनताहरुलाई झुक्याई एमसीसी पास गरे ।

मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन । अमेरिकाको राजदुत, एमसीसीको अध्यक्ष र उपाध्यक्ष लगायतहरुले विक्रम सम्वत २०७८ साल फागुन महिनाको १४ गते र १५ गते पनि एमसीसी परियोजनामा कुनै पनि संशोधन र फेरबदल हुँदैन भनेका थिए । अमेरिकाको राजदुत, एमसीसीको अध्यक्ष र उपाध्यक्ष लगायतहरुले २०७४ साल एमसीसीको सम्झौतामा नेपालका नेताहरुले हस्ताक्षर गरेदेखि एमसीसी परियोजनामा संशोधन र फेरबदल हुँदैन सम्झौता भए बमोजिम जस्ताको तस्तै गरिनुपर्छ पटकपटक भनेका थिए ।

अमेरिकाको राष्ट्रपति जो बिडेन, डोनाल्ड ट्रम्प, राजदुत रेन्डी, एमसीसीको अध्यक्ष, उपाध्यक्ष फातिमा सुमार लगायतहरु दोषी र जिम्मेवार होईन यसकारण गाली गर्नु अनुचित छ । दोषी, जिम्मेवार, राष्ट्रघाती र देशद्रोही हाम्रो मुलुकको सांसदहरू र नेताहरू हुन ।

मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन । यसकारण सेनाहरु, जनपथ प्रहरीहरु र सशस्त्र प्रहरीहरुले साथ दिएनन भनेर गाली गर्नु पनि शोभनीय होइन सुरक्षाकर्मीहरुलाई गाली गर्नु अनुचित छ । साथ दिने समयमा जनताहरुले मुलुकको जनता नभई पार्टीहरुको कार्यकर्ता बनी सांसदहरू र नेताहरूलाई साथ दिए । नेपालमा जनताहरु को छ र ? सबै राजनीतिक पार्टीका कार्यकर्ताहरु मात्र छन । सुरक्षाकर्मीहरुले जोखिम मोल्ने किन ?

लेखक स्वतन्त्र नेपाली नागरिकराकेश कुमार शर्मा हुन्

प्रतिक्रिया दिनुहोस्