महिलाहरु अधिकार र आर्थिक शसक्तिकरण मार्फत महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्य बोकेको बूढानीलकण्ठ-१० मा रहेको कर्मशील महिला अभियान नेपालले आजबाट तीन महिने एडभान्स सिलाईकटाई तालिम शुरु गरेको छ।
संस्थाकी अध्यक्ष देवी रेग्मीका अनुसार संस्थाको आन्तरिक श्रोतबाट यसपटकको ३ महिने तालिम संचालन गर्न लागेको र १८ जना महिलाहरुलाई सो तालिम सिकाईने छ।
अन्तर्वार्ताबाट छानिएका १८ जना महिलाहरुले तालिमपछि राम्रो गर्नेलाई आफैले टेलरिङ्ग संचालन गर्न सक्ने वा संस्थाले संचालन गरेको सेन्टरमै रोजगारी दिने अपेक्षा रहेको अध्यक्ष रेग्मीले परिवर्तन खबरलाई बताईन।