काठमाडौं । उपत्यका व्यापी उपमेयर कप फुटसल प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकाले उपाधि रक्षा गरेको छ ।
नागार्जुन नगरपालिकाको आयोजनामा संचालित प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकाको प्रतिनिधित्व गर्दै सबै वडाका उत्कृष्ट खेलाडिहरु सहभागी भएका थिए । जसमा विवेक पण्डित (कप्तान)–वडा नं ०३, संजिब तामाङ (गोल रक्षक) वडा नं ०९, दिविज खड्का–वडा नं ०९, रोशन ठकुरी–वडा नं ०३, सुनिल लामा–वडा नं ०१, सुशान्त पोखरेल–वडा नं १२, लक्ष्मण खड्का–वडा नं ०४, शेखर खड्का–वडा नं ०४, मनिष पौडेल–वडा नं १२, सुदिप लुईटेल (टिम मेनेजर)–वडा नं १०, निमेष थापा (व्यवस्थापन)–वडा नं ०४, क्षितिज खड्का (प्रशिक्षक)–वडा नं ०४ रहेका थिए ।
उपत्यका सबै नगरपालिका तथा उप–महानगरपालिकाका तर्फबाट उपस्थित १३ टिममध्ये सबैलाई पछि पार्दै बूढानीलकण्ठले उपाधि रक्षा गरेको हो । फाइनल खेलमा अयोजक नागार्जुन नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गरी बूढानीलकण्ठले उपाधि जितेको हो । प्रतियोगितामा बूनपा १२ का अंकित पौडेल उत्कृष्ठ खेलाडी र बूनपा ०९ कै खेलाडी संजिब तामाङ उत्कृष्ठ गोलकिपर ठहरिएका छन् ।
बिजेताहरुले प्रतियोगितामा जितेको ट्रफी नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको उपस्थितिमा नगरपालिकालाइ हस्तान्तरण गरेका छन् । साथै नगर प्रमुख उद्धव खरेलले खेलाडीहरुलाई टिका र खादा लगाइ सम्मान गरेका थिए ।