नेकपा एमालेबाट बूढानीकलण्ठ १२ को वडाध्यक्षमा शम्भु भट्टराई दोस्रोपटक सर्वसम्मत



काठमाडौं । नेकपा एमालेबाट बूढानीकलण्ठ १२ को वडाध्यक्षमा शम्भु भट्टराई र दलित सर्वसम्मत महिला सदस्यमा मिना बयलकोटी सर्वसम्मत सिफारिस भएका छन् ।

बूनपा–१२ को इभर साइन पार्टी प्यालेसमा आज भएको पार्टी संगठित सदस्यहरुको भेलाले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ जनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । भेलामा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य तथा वडा नं १२ इन्चार्ज देवी रेग्मी, जिल्ला कमिटी सदस्य उमेश कुइकेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

वडा नं. १२ मा नेकपा एमालेको विगतको चुनावी नतिजा
गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका नेता शम्भु प्रसाद भट्टराईले १३८४ मत ल्याई विजेता बनेका थिएभने काङ्ग्रेसका होम नाथ तिमल्सिनाले १०२७ मत ल्याइ उपविजेता बनेका थिए।

गत निर्वाचनमा एमाले उम्मेदवार भट्टराईले प्रमुख प्रतिपक्षी भन्दा ३५७ मत बढी ल्याएका थिए । नेकपा एमालेबाट निर्वाचित भएपछि पाँच वर्ष वडा नेतृत्व सम्हालेका भट्टराईले विगतको भन्दा बढी मतान्तर ल्याउने दावी गरेपनि नेकपा एसतिर लागेको पूर्व एमालेका कार्यकर्ताहरुको कारण यसपटकको नतिजा सोचेजति सजिलो देखिदैन ।

यो पनि पढ्नुहोस्…

प्रतिक्रिया दिनुहोस्