काठमाडौँ । नेपाली काँग्रेस बूढानीलकण्ठ ११ मा आसन्न स्थानीय निर्वाचनको उम्मेदवारी छनोटलाई लिएर ३८ क्रियाशील सदस्यले पार्टी छोडेका छन् ।
बूढानीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखमा उम्मेदवारी दिएका विनोद चालिसेकै वडाबाट तिब्र असन्तुष्टी चुलिएपछि क्रियाशील सदस्यहरुले पार्टी छाड्ने क्रम बढ्दै गएको देखिन्छ ।
बूढानीलकण्ठ ११ पैयाँटार क्षेत्रमा रहेका उनीहरुले बिज्ञप्ति जारी गर्दै आजका मितिबाट कुनै पनि राजनीतिक दलको सदस्यता नरहने घोषणा गर्दै पार्टी परित्याग गरेका छन् ।
हस्ताक्षर सहितको उनीहरुको प्रेस विज्ञप्ती :