स्व. प्रेमनाथ अधिकारीप्रति दुधौली काँग्रेसले सम्मान गर्ला कि नगर्ला ?



स्व. बुवा दिनानाथ अधिकारी र आमा वेदमाया अधिकारीका ३ छोराहरु मध्ये प्रेमनाथ अधिकारी पहिलो सन्तान थिए। वि. सं. २००५ साल बैशाख १८ गते सिन्धुलीको खोलागाउँमा जन्मिएका अधिकारीलाई तत्कालीन जनयुद्धको समयमा वि.स. २०५४ मंसिर २३ गते तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।

सबैप्रति नम्र भाव राख्ने अधिकारीलाई आफ्नै घरमा (दुधौली-१, सिन्धुली डाँडाटोल) बसेको अवस्थामा माओवादी कार्यकर्ताले घरबाहिर बोलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएका थियो। सामन्तीको दर्जा भिराएर हत्या गरिएका ४९ वर्षको उमेरमा हत्या गरिएका उनको हत्याको जिम्मा तत्कालीन नेकपा माओवादीले लिएको थियो।

गठबन्धनबाट सिन्धुलीको दुधौली नगरपालिका प्रमुखमा माओवादी केन्द्रको भागमा परेको छ। जनयुद्धलाई असहयोग गरी हत्या सूचीमा रहेका जयबहादुर पौडेलले भागेर काठमाडौंमा आई मासु व्यापार गरेर ज्यान जोगाएका थिए। नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिको रुपमा छानिएका तत्कालीन काँग्रेस नेता प्रेमनाथ अधिकारीको छत्रछायाँमा हुर्किएका आफूलाई विपी कोईराला र प्रेमनाथ अधिकारीको चेला बताउनेहरु अहिले माओवादीलाई नगरप्रमुखमा चुनाव जिताउनुपर्छ भन्दै हिडेका देखिन्छन्। तर जसले आफूलाई असली काँग्रेस बुझ्नेछन्, उनीहरुले प्रेमनाथ अधिकारीको आत्माशान्तिको लागि भनेपनि माओवादी उम्मेदवारलाई भोट हाल्ने छैनन्।

स्थानीय निर्वाचनमा स्थानीय एजेण्डाहरु हुन्छन्, स्थानीय भावना र चाहनाहरु समेत हुन्छन् तर सत्ताको क्षणिक स्वार्थमा काँग्रेसका अनुभवी नेता कार्यकर्ताले पार्टी निर्देशनको पालना गर्लान वा स्वतन्त्रबाट उठेका नेपाली काँग्रेसका नेतालाई निर्वाचित गराउलान यो चाहि भोलि हुने निर्वाचनको मत परिणामले देखाउनेछ।

प्रतिक्रिया दिनुहोस्