एमाले निकट अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अध्यक्ष सुनिता बरालले आइतबार विज्ञप्ति जारी गर्दै मूल्य बृद्धि फिर्ता लिन सरकारसँग माग गरेकी हुन् । ‘अन्यथा अनेरास्ववियु मूल्यवृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ’, अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण जनसमुदायलाई र आम नेता कार्यकर्ताहरूलाई मूल्यवृद्धिको विरुद्धको आन्दोलनमा उत्रन आव्हान गर्दछौ ।’
निगमले हिजो मध्यरातबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक १० रुपैयाँले बढाएको थियो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पुगेको छ ।