काठमाडौं । दुई तिहाई बढी कार्यपालिका सदस्यसहित बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमाले काठमाडौं उपत्यकामै सबैभन्दा शक्तिशाली देखिएको छ ।
जननिर्वाचित मध्येबाट नेकपा एमालेका शान्ता ढकाल (पुडासैनी), रिना श्रेष्ठ, रिता दाहाल, राममाया महर्जन र गोमा मंग्रान्ती छन् । त्यसैगरी दलित/अल्पसंख्यक मध्येमा पनि एमालेकै राम कुमार रोक्का, सुनिता लामा र मेन्देक शेर्पाले निर्वाचित भएका हुन् ।
बूढानीलकण्ठ नगरपालिकाका १३ वडामध्ये १० वटा वडाध्यक्ष जितेको नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख सहित २३ कार्यपालिका सदस्यमध्ये २० जना एमालेबाट रहेका छन् । योसँगै बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिकाले समेत पूर्णता पाएको छ ।
यो पनि पढ्नुहोस्