काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धि सूचना जारी गरेको छ ।
जारी सूचनामा नगरपालिकामा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन कार्य भईरहेको र भिडभाड बढी भई अनियन्त्रित अवस्था भएकोले असार ५ गते देखि दैनिक ४० जनाको दरले विवरण संकलन कार्य गरिने उल्लेख गरिएको छ ।
जसका लागि हरेक दिन बिहान १० बजे टोकन लिनका लागि समेत नगरपालिकाले सूचना मार्फत नै अनुरोध गरेको छ ।
नगरपालिकाद्वारा जारी सूचना :