काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले भोली (असार १८ गते) आयोजना गर्न लागेको बृत्ति तथा रोजगार मेलाको तयारी पुरा भएको बूढानीलकण्ठ शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले बताएका छन् ।
आज दिउँसो महाँकाल जनजागृती माध्यमिक विद्यालय, गोल्फुटारमा आयोजित अन्तिम तयारी बैठकमा बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले मेलाको भोलि बिहान ८ः३० बजे उद्घाटन गर्ने जानकारी गराईएको छ ।
मेलामा १२ भन्दा बढी रोजगारदाता कम्पनी, परामर्श सेवा प्रदान गर्ने कम्पनी र विद्यालयहरुले स्टल राख्ने बताईएको छ ।
हेल्बिटास अन्तर्गत इन्स्योर परियोजनाको सहकार्यमा हुन गईरहेको मेला विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयमा प्राङ्गणमा संचालन हुने महाशाखा प्रमुख सिंहले बताए ।
बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा हुन गईरहेको मेलामा नगरभित्रका प्रत्येक वडाबाट २५ जनाका दरले वेरोजगार युवाहरु ९१८ वर्षदेखि ४० वर्षभित्रका० र सम्पूर्ण माध्यमिक तह संचालित विद्यालयहरुका कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, संस्थागत माध्यमिक विद्यालयबाट प्रति विद्यालय १० जनाको दरले उपस्थित हुन सक्नेछन् ।
यो पनि पढ्नुहोस् :