काठमाडौं । अखिल नेपाल महिला संघ बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ कमिटीले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष सांगितिक कार्यक्रम (दर खुवाउने) आयोजना गर्ने भएको छ ।
यही भदौ ९ गते कार्की इभेन्ट मितेरीपुलमा दिउँसो १ बजेदेखि आयोजना हुने कार्यक्रममा पार्टी सम्बद्ध सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि अनेमसंघ वडा कमिटीका अध्यक्ष गीता मिश्रले अनुरोध गरेका छन् ।
कार्यक्रममा अनेमसंघ केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी कमिटी, तथा जिल्ला कमिटीका सदस्यहरुको उपस्थितिमा सांगितीक तीज विशेष कार्यक्रम आयोजना गरिने पार्टी कमिटीका सचिव अनिता सापकोटाले परिवर्तन खबरलाई जानकारी गराईन् ।