काँग्रेसलाई प्रश्न : बूढानीलकण्ठवासी महिलाले आफ्नो पैसामा पनि दरै खान नपाउने हो त ?



काठमाडौं । नेपाली काँग्रेस र यसका कार्यकर्ताहरु आफूलाई लोकतन्त्रको नायक ठान्छन् । लोकतान्त्रिक व्यवस्था कै धज्जी उडाउँदै राष्ट्रिय उद्योगधन्दा बेची खाएका छन् । देशका दर्जनौं नदिनाला कौडीको भाउमा बेच्छन् । त्यो त भयो काँग्रेसको राष्ट्रिय चरित्र !

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघले तीजको अवसर पारेर विभिन्न वडामा दर कार्यक्रम आयोजना गरि महिलालाई मनोरञ्जन दिएको छ ।

हरेक वडाका आयोजकहरु एमालेका खाट्टी कार्यकर्ता हुन् तर सबै सहभागीहरु एमाले समर्थक मात्र होइनन् । स्थानीयवासी हुन् । लामो समयदेखि बूढानीलकण्ठ क्षेत्रमा बसोबास गर्ने एमाले हुन् वा अरु महिला नै किन नहुन राम्रो पार्टी प्यालेसमा गएर एक छाक खान र नाँच्न नसक्ने नै हुन् त ?

श्रोतका अनुसार नेपाली काँग्रेस बूढानीलकण्ठ नगरपालिका पार्टी सभापतिले हिजो नगरप्रमुखलाई फोन गरेरै धम्क्याए । नगरपालिकाको पैसाले दर ख्वाउन पाईन्छ भन्दै प्रश्न गरे । जवाफमा नगरप्रमुखले नगरपालिका वार्षिक बजेट अनुसार चलेको र वार्षिक बजेटमा दरखान कुनै बजेट बिनियोजन नगरेको बताए ।

वर्षभरी श्रम गरेर तीजको बेला आफ्नै गोजीको पैसा खर्च गरेर खाएको दरमा नगरपालिकाको अनुदान भन्दै विपक्षी काँग्रेसले आरोप लगाएपछि एमाले समर्थकसहित बूढानीलकण्ठवासी महिलाहरु रुष्ट भएका छन् ।

एमाले श्रोतका अनुसार महिला कमिटीले आयोजना गरेका हरेक दर कार्यक्रममा सबै महिलाबाट पार्टी प्यालेसको शुल्क तिर्न पुग्ने पैसा जम्मा हुन नसक्ने भएपछि स्थानीय पार्टी कमिटीसहित संघ तथा प्रदेशमा उम्मेद्वार उठ्ने चर्चा गरिरहेका नेताहरूले गोजीको धेरथोर रकम सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्