काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटी सदस्य एवम् युवा नेता मनिष लिम्बु राष्ट्रिय युवा संघ काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को संयोजकमा चयन भएका छन् ।
पारिवारिक पृष्ठभूमी नै नेकपा एमाले रहेका युवा नेता मनिष लिम्बुले संयोजकको भूमिका पाएसँगै काठमाडौं क्षेत्र नं. ४ (१) को प्रदेशसभामा समेत आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने पक्कापक्की देखिन्छ । स्कूले जीवनदेखि नै राजनीति बारे जिज्ञासा राख्ने लिम्बुले २०६२ सालमा स्वर्णिम स्वस्तिक क्लब गठन गरेका थिए । आफ्नै अध्यक्षतामा गठित क्लबमार्फत उनले पशुपतिनाथ–गुहेश्वेरी मन्दिर सरसफाई तथा चाडवाडमा स्वयमसेवकको भूमिका निर्वाह गरेका छन् । विभिन्न संघसंस्था तथा टोल विकास समितिमा रही प्रत्यक्ष कामपा ७ को विकास निर्माणमा महत्वपूर्ण योगदान दिएका युवा नेता लिम्बुले यसअघिको स्थानीय निर्वाचनमा समेत वडाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए ।
वि.सं. २०५९ सालमै एमालेको संगठित सदस्यता लिएका लिम्बु पुष्पलाल मेमोरियल कलेजमा अध्ययन गर्दादेखि नै नेकपा एमालेबाट सक्रिय राजनीतिमा होमिएका हुन् । २०७४ को स्थानीय निर्वाचनमा लिम्बुले सक्रिय रुपमा मैदानमै खटिएर नेकपा एमाले काठमाडौं महानगर लगायत कामपा ७ को सिङ्गो प्यानललाई नै निर्वाचित गराउन सफल भएका थिए । ०७९ को स्थानीय तह निर्वाचनमा समेत महत्वपूर्ण जिम्मेवारीमा रही चुनवी प्रसारप्रसारमा खटिएको उनी नेतृत्वको टिमले नेकपा एमाले फुटका कारण काठमाडौं महानगर ७ मा थोरै मतान्तरले पराजय भोगेपछि आउदो मंसीर ४ गतेको संघ तथा प्रदेशको निर्वाचनमा केन्द्रित रही नेकपा एस कामपा ७ को सिङ्गो पार्टी कमिटी, टोल कमिटी लगायत विभिन्न पार्टीका क्रियाशील सदस्यहरुलाई पार्टी प्रवेश गराउन सफल भएका छन् ।
काठमाडौं महानगर लगायत धरान उपमहानगरपालिका र विभिन्न ठाउँमा स्वतन्त्र युवा उम्मेद्वारहरु निर्वाचित भएसँगै विभिन्न पार्टीमा संगठित सदस्यता लिई राजनीतिमा सक्रिय रहेका युवालाई स्थान दिने बहस चलिरहेको अवस्थामा काठमाडौं क्षेत्र नं. ४ (१) मा आफ्नो दावेदारी स्वभाविक रहेको युवा नेता मनिष लिम्बु बताउँछन् ।
तस्वीरमा युवा नेता मनिष लिम्बु