काठमाडौं क्षेत्र नं. ४ (१) मा नेपाली काँग्रेसका ध्रुवप्रसाद पौडेलको दावी



काठमाडौं क्षेत्र नं. ४ (१) मा नेपाली काँग्रेसका नेता ध्रुवप्रसाद पौडेल इमान्दार नेताका रुपमा परिचिति छन् । वि.सं. २०३६ सालमा पद्यमोदय मावि पढ्दादेखि नै विदुरप्रसाद पौडेल र कोशलराज रेग्मीबाट प्रभावित भई पञ्चायत विरोधी आन्दोलनमा सरिक भएका थिए ।

पञ्चायत विरोधी आन्दोलनमा लागकै कारण पाँच वर्ष जिल्ला निष्काशनमा परेका पौडेल २०४२ सालको सत्याग्रहमा सक्रियतापूर्वक सहभागी भएका थिए । आन्दोलनमै लागेको कारण उनी ११ महिना प्रदिप गिरीहरुसँगै जेल जीवन विताएका थिए । २०४२ सालदेखि ०४६ सालसम्म प्रजातन्त्र पुर्नस्थापनाको आन्दोलनमा ४ महिना जेल जीवन विताएका उनले २०४६ सालको जनआन्दोलनमा विभिन्न मोर्चाको नेतृत्व गर्दै आन्दोलनमा होमिएका थिए ।

२०४६ पछि भएका हरेक निर्वाचनमा पार्टी उम्मेद्वारलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेका उनी २०६२/०६३ को जनआन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका पौडेल पार्टीको चौधौं महाधिवेशनको लागि केन्द्रिय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

चौधौं महाधिवेशनमै पार्टीको केन्द्रिय सदस्यका प्रत्यासी बनेका पौडेल हाल काठमाडौं क्षेत्र नं. ४ (१) का सवैभन्दा बलिया दावेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्