काठमाडौं क्षेत्र नं. ४ (१) मा एमालेका युवा नेता मनिष लिम्बुको सशक्त दावेदारी



काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीका सदस्य एवम् कामपा–७, कुमारीगाल निवासी युवा नेता मनिष लिम्बुले काठमाडौं क्षेत्र नं. ४ (१) को प्रदेशसभा उम्मेद्वामा सशक्त दावेदारी प्रस्तुत गरेका छन् ।

आज सम्पन्न काठमाडौं क्षेत्र नं. ४ (१) कमिटीको बैठकमा युवा नेता लिम्बुले सशक्त दावेदारी प्रस्तुत गरेसँगै त्रिपक्षीय छलफलमा विना निष्कर्ष टुङ्गिएको छ । सर्वसम्मत उम्मेद्वार सिफारिसका लागि डाकिएको बैठकमा प्रदेशसभाका प्रत्यासीहरु निर्मल देउला, तेज ढकाल र मनिष लिम्बुले आ–आफ्नै दावेदारी प्रस्तुत गरको थिए ।

काठमाडौं क्षेत्र नं. ४ (१) मा समेटिएका ४ वडाहरु (१, ७, ८ र ३०) मध्ये यसपाली कामपा ७ ले नै प्रदेशसमाभा स्थान पाउनुपर्ने युवा नेता लिम्बुले बताए । बैठकमा उनले कामपा ७ बाट नै प्रदेशसभाको उम्मेद्वारी चयन किन भन्ने प्रश्नको तर्कसहित जवाफ पेश गरेका छन् ।

स्थानीय तह निर्वाचनको मतपरिणाम पश्चात काठमाडौंमा जसरी मेयर बालेन शाहको उदय भयो त्यसरी नै नेकपा एमालेबाट उपमेयरमा निर्वाचित युवा नेतृ सुनिता डंगोलको चर्चा उत्तिकै चुलियो । सायद, सुनिता डंगोललाई नै नेकपा एमालेले मेयरमा उठाएको भए चुनावी नतिजा एमालेको पक्षमा आउन सक्थ्यो कि भन्ने चर्चा परिचर्चा पार्टी बृत्तमा भएको देखिन्थ्यो । यही आंकडालाई हेर्ने हो भने महानगर भित्र पर्ने काठमाडौं क्षेत्र नं. ४ (१) ले पनि युवा नेतृत्व नै खोजेको देखिन्छ । विभिन्न पार्टीहरुमा समेत युवालाई स्थान दिनुपर्छ भन्ने बहस चर्किरहेको बेला काठमाडौं महानगर ७ बाट युवा नेता मनिष लिम्बुको चर्चा आउनु स्वभाविक नै हो । सोही अनुरुप उनले प्रदेशसभामा आफ्नो दावेदारी दिईरहेका छन् । अन्य वडाको तुलनामा कामपा ७ भौगोलिक हिसाबमै ठूलो, जनसंख्या र मतदाता पनि धेरै रहेको वडा हो । त्यसैले आगामी मंसिर ४ को निर्वाचनमा कामपा ७ बाट युवा नेता मनिष लिम्बुले प्रदेश सभा उम्मेद्वारको टिकट पाएमा संघ र प्रदेश दुवैमा जित सुनिश्चित रहेको नेकपा एमालेका एक नेताले बताए ।

को हुन् युवा नेता मनिष लिम्बु ?

२०६२/०६३ सालको जन आन्दोलनमा स्वर्णिम स्वस्तिक युथ क्लबको अध्यक्षमा रहँदा, प्र.रा.यु संघ सदस्यको हैसियलतले जनआन्दोलनमा होमिदा आफ्नै नेतृत्वमा १०० देखि १५० युवाहरुलाई आन्दोलनमा सरिक गराई जनआन्दोलन सफल गराउन कामपा ७ बाट मुख्य भूमिका खेलेका थिए । त्यस्तै उनले २०६४ सालको निर्वाचनमा ७ नं. वडा कमिटीमा रही चुनावी प्रचारप्रसारमा मुख्य भूमिका निर्वाह गरेका थिए । २०६७ सालमा युवासंघ काठमाडौं ७ नं. वडाका अध्यक्ष भएका उनी २०६८ सालमा नेपाल लोकतान्त्रिक जनजाति महासंघ उपत्यका कमिटीका सदस्यमा चयन हुन् ।

२०७० सालमा काठमाडौं महनगरपालिका क्षेत्र नं. ४ का सदस्यमा चुनिएका नेता लिम्बुले २०७० सालमै सम्पन्न संघीय निर्वाचनमा प्रचारप्रसार सदस्यको भूमिका निर्वाह गरिसकेका छन् । २०७३ सालमा बागमती प्रदेश नेपाल लोकतान्त्रिक जनजाति महासंघ सचिवालय सदस्य रहेका उनले २०७४ सालमा सम्पन्न संघीय निर्वाचन एवम् काठमाडौं क्षेत्र नं. ४ (क) युवा परिचालन कमिटी  सह–संयोजकमा रही निर्वाचनमा कुशल भूमिका निर्वाह गरिसकेका छन् । २०७७ सालमा अनेरास्ववियू केन्द्रिय सदस्य एवम् पशुपति क्याम्पस ईन्चार्ज हुँदै उनी २०७८ मा नेकपा एमाले काठमाडौं महानगर कमिटी सदस्य (युवा संघ जि.क.स.) महानगर ईन्चार्ज भएका थिए । गत स्थानीय तह निर्वाचनमा युवा विद्यार्थी परिचालन कमिटी संयोजकका रुपमा कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेका युवा नेता लिम्बु २०७९ मा राष्ट्रिय युवा संघ प्राकृतिक प्रकोप विभाग केन्द्रिय सदस्य एवम् काठमाडौं क्षेत्र नं. ४ का संयोजक रहेका छन् ।

यो पनि पढ्नुहोस्

युवा नेता मनिष लिम्बु राष्ट्रिय युवा संघ काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को संयोजकमा चयन

प्रतिक्रिया दिनुहोस्