काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेस स्थायी समितिका का अध्यक्ष ली चान्सबीच सोमबार साँझ नयाँ वानेश्वरस्थित संसद् भवनमा शिष्टाचार भेटवार्ता भएको छ ।
संसद् सचिवालयका अनुसार संसद् भवनमा अध्यक्ष लीलाई सभामुख सापकोटाले स्वागत गरेका थिए । त्यसपछि दुई जना बीचमा शिष्टाचार भेटवार्ता भएको हो ।