काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा भवनमा आज बिहान तिमिल्सिना र चान्सुबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।