एजेन्सी । अनुहार र छालाको टोनले थकान, कमजोरीपन झल्काइरहेको हुन्छ । निद्राको कमी, अस्वस्थ खानपान, व्यस्त जीवनशैली वा तनावका कारण थकान वा कमजोरीपन देखा पर्ने गर्छ । जसले आँखावरिपरि डार्क सर्कलसमेत देखा पर्ने हुन्छ ।
ग्रिन टी
युवा पुस्तामाझ ग्रिन टी लोकप्रिय छ । कामको तनाव कम गर्न ग्रिन टी प्रयोग गर्ने गरिन्छ । ग्रिन टीमा रहेको पोलिफेनलले छालाका मृत कोषहरूलाई पुनः सक्रिय बनाउन मद्दत गर्छ, जसले छालालाई स्वस्थ देखाउँछ ।
नट्स
नट्समा प्रशस्त मात्रामा पोषक पदार्थहरू पाइन्छन् । अधिकांश नट्समा मिनरल र सेलेनियमको मात्रा प्रचुर हुन्छ । सेलेनियम यस्तो पदार्थ हो, जसले फ्री र्याडिकलहरूसँग लडेर छालालाई सुरक्षित गरिरहेको हुन्छ । फ्री र्याडिकलहरूले उमेरभन्दा अगाडि नै ‘एजिङ’को समस्या निम्त्याउने गर्छ ।
किवी
किवीमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । जसले सुजन कम गरिरहेको हुन्छ । भिटामिन सीको दैनिक प्रयोगले छाला स्वस्थ हुने, सुक्खापन हराउने र कपाल पनि स्वस्थ देखिने हुन्छ ।
पानी
साधारण पानी पिउँदा शरीर हाइड्रेड रहन्छ । सधैँ आवश्यक मात्रामा पानी पिउँदा छाला हाइड्रेड रहने हुँदा छाला र कपाल पनि स्वस्थ देखिन्छ । दैनिक प्रशस्त मात्रामा पानी पिउनुलाई स्वास्थ्यको आधारभूत अवधारणा मानिन्छ ।
सलाद
मिनरल, भिटामिन र अन्य पोषण तत्व भएका खानेकुरा सलादको रूपमा खाँदा सम्पूर्ण शरीरमा फाइदा पुग्छ । मुला, गाँजर, काँक्रो, चुकन्दर, प्याज, कागती, पुदिना, हरियो धनियाँ आदिलाई समेत सलादमा समावेश गर्न सकिन्छ । यस्ता खानेकुराले छालालाई स्वस्थ रहन मद्दत गर्ने हुँदा कमजोजीपन र थकान देखिँदैन ।