काठमाडौं । मानिसको सबैभन्दा मुख्य अंग आँखालाई मानिन्छ । हुन त हाम्रो शरीरको सबै अंग महत्वपूर्ण नै हुन्छन् । हामीले नबोलेको धेरै कुरा आँखाले बोल्छन् । जसरी हाम्रो शरीरको छाला र कपालजस्तै आँखा पनि स्वस्थ्य शरीरको पहिचान हो ।
लामो समयसम्म बिरामी पर्दा होस् वा शारीरिक तथा मानसिक रुपमा दुःखी महसुस गरिरहेको बेला आँखाबाट सुस्तता र तनाव झल्किन्छ।
यसरी गर्नुहोस् आँखाको स्याहार
– कोरेसोमा आलुलाई कोरेर आँखामा प्याक लगाउने। यस प्याकलाई २० मिनेटसम्म राख्ने र निकाल्ने। यस्तो गर्दा आँखा वरिपरी रहेको कालो घेरा डार्क सर्कललाई कम गर्छ।
– ‘विच हेजेल’ भएको गुलाबजललाई कपासमा राखेर १० देखि १५ मिनेट आँखामा राख्ने जसले थकित आँखालाई आराम दिन्छ।
–सातामा एकपटक आइप्याकको प्रयोग गर्नुपर्दछ।
–राति सुत्नुअघि रोगन बदाम तेलले आँखाको वरपर र आँखीभौ वरपर र परेलामा मसाज गर्नुपर्दछ।
–घाममा निस्कदा सन ग्लासको प्रयोगले आँखालाई सुरक्षित राख्न सकिन्छ ।
–हत्केलालाई राम्ररी रगडेर तताएर आँखा सेक्ने गर्नुपर्दछ।