काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।
निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आइतबार उनी आयोग पुगेका हुन् ।
आयोगले आज आचारसंहिताबारे छलफल र पालनाका लागि प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ ।