गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार दिउँसो गृह मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन्।

भेटमा नेपाल–भारत बीचको आपसी सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल भएको छ।

भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाणलाई शुभकामना दिएका थिए।

गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्