काठमाडौं । टेक्सास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाले मुरारी प्रसाद भण्डारीको अध्यक्षतामा ९ सदस्यीय संचालक समिती तथा अनिल सिग्देलको संयोजकमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती निर्बिरोध निर्वाचित भएको घोषणा घोषणा गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुको नामावली :
अध्यक्ष : मुरारी प्रसाद भण्डारी
उपाध्यक्ष : राधिका दाहाल ढकाल
सचिब : कुमार श्रेष्ठ
कोषाध्यक्ष : अजित चालिसे
सदस्यहरु
मुनिन्द्र प्रसाद दाहाल
रबिन पौडेल
सबिता कुइकेल
जयन्ती ओली
कमल भण्डारी
लेखा सुपरिवेक्षण समिती संयोजक
अनिल सिग्देल
रामहरी भण्डारी
लोकेन्द्र केसी
राष्ट्रिय सहकारी महासंघ लेखा सुपरिवेक्षण समितीका संयोजक धर्मदत्त देबकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथीहरु बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा, बूनपा १० का वडाध्यक्ष नबराज भट्टराई, ११ का राजु अधिकारी र १२ का शम्भु भट्टराई रहेका थिए । त्यस्तै अतिथिहरुमा शिक्षासेवी केदार राज पुडासैनी, चित्र कुमार दाहाल, शम्भु अधिकारी, समीर बास्तोला, भुपेन्द्र खत्री, राजेस्वर तिवारी तथा लाइफ भिजन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छबिरमण आचार्य राष्ट्रिय सहकारी बैंक चावहिलका प्रमुख जानुका नेपाल कलाकार सुर्यमणी आचार्य सुधा पहाडी लगायको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष मुरारी प्रसाद भण्डारीले संस्थाको आम्दानी खर्च तथा भावी कार्यक्रम प्रस्तुत गर्दै आगामी दिनमा सहकारीको मर्म भावना मुताबिक अगाडिको यात्रा तय गरिने जानकारी सहित प्रतिवेदन प्रस्तुत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी धर्मदत्त देबकोटाले, ‘सहकारीले सानो–सानो रकमलाई महत्व दिदै समुदायमा स्थापित तथा स्थानिय समुदायको मायाले हुर्किएका संस्थाहरु कहिल्यै पनि असजिलोमा नपर्ने धारणा राख्दै संस्थाको प्रगतिको कामना गरेका छन् ।’