सत्यमोहन जोशीको योगदान उत्प्रेरणाको स्रोत : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शताब्दी पुरूष सत्यमोहन जोशीको निधनले स्तब्ध बनाएको बताएका छन्।

जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो । उनी विगत २४ दिनदेखि किष्ट अस्पतालमा उपचाररत थिए ।

प्रचण्डले आज विज्ञप्ति जारी गर्दै जोशीको निधनले स्तब्ध बनाएको बताएका हुन् ।

उनले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न जोशीले गरेको योगदान उत्प्रेरणाको स्रोत बनेर रहने बताए।

‘नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहनेछन् भन्ने मैले विश्वास लिएको छु,’ प्रचण्डले विज्ञप्ति मार्फत भनेका छन्।

प्रतिक्रिया दिनुहोस्