गणतन्त्रको स्थायित्व जोगाउन वर्तमान गठबन्धन : माधव नेपाल



काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायित्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको प्रष्ट पारेका छन् ।

ललितपुरमा आज आयोजित वाम-लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको बताए ।

संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई आफूले असफल पारेको उनको भनाइ थियो । ‘गणतन्त्र मास्ने अभियान शुरु हुन खोज्दै थियो’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँ ।’

जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यका साथ वाम र लोकतान्त्रिक पार्टीबीचको गठबन्धन बनाइएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्