काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई स्थिरता र स्थायित्व हुन नदिने गरी सत्ता गठबन्धन सक्रिय रहेको बताएका छन् ।
तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,‘ सिङ्गै देश ढ्वाक्कै लगेर भण्डा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन् ।’
‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने, प्रकारका षडयन्त्र प्रपञ्च गरिरहेका छन् । पैसाको खोलो बगाएका छन्,’ उनले भने,‘ राज्य संयन्त्रको दुरुपयोग गर्ने त्यस कुकर्ममा यिनीहरू लागिरहेका छन् । देशलाई भिडन्ततर्फ लाने ।’