राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङमा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ गएकी छन् । मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी मुस्ताङ गएकी हुन् ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं.१ रानीपौवामा राष्ट्रपति भण्डारीले ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गर्ने कार्यक्रम छ । उनले सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गर्नेछिन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उनी मुक्तिनाथ मन्दिरको दर्शन गर्न गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्