जुम्लामा नेकपा एसको नेतृत्व एमालेमा प्रवेश



सुर्खेत । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जुम्लाको नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपा एमाले जिल्ला कमिटी जुम्ला अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउन सिंगो समाजवादी जिल्ला कमिटी एमालेमा पार्टीमा समाहित गरिएको घोषणा गरिएको छ । एमाले जुम्लाले कात्तिक ७ गते बाम एकता लगायत मूल घर फिर्ताका लागि सार्वजनिक अपिल गरेको थियो । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी जुम्लाका इन्चार्ज, प्रदेश कमिटी सदस्यहरु, जिल्ला पार्टी अध्यक्ष, पदाधिकारीलगायत सम्पूर्ण जनसंगठन, पेशागत संगठनहरु नेकपा एमालेमा समाहित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्