काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आगामी ५ वर्षका लागि ३० ग्यारेण्टी सार्वजनिक गरेका छन् ।
विकासवादी छवी बनाएका डा. भट्टराईले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहदा काठमाडौं क्षेत्र नं. ४ मा ८ अर्व ३० करोड २३ लाख भन्दा बढी बजेट विनियोजन गराएर यस क्षेत्रको पूर्वाधार निर्माणमा अतुलनीय योगदान पुर्याएका छन् ।
आफू निर्वाचित भएपछि गर्ने कामको प्रतिवद्धतामा उल्लेख गरेका बुँदाहरुलाई ३० ग्यारेण्टीमा समेटिएपछि स्थानीय विकासमा काठमाडौं क्षेत्र नं. ४ पूर्ण रुपमा बदलिने देखिन्छ ।
डा. राजन भट्टराईले सार्वजनिक गरेका ग्यारेण्टीमा नीतिगत काम, पूर्वाधार विकासका काम समेटिएका छन् ।
डा. राजन भट्टराईका ३० ग्यारेण्टी :
स्थानीय तह, प्रदेश र केन्द्र तहबाट गरिने विधिनिर्माण, बजेट बाँडफाँड गर्न सहजीकरण र समन्वय गर्ने ।
राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिने ।
प्रबुद्ध व्यक्तिहरूको समूहले दिएको प्रतिवेदनको कार्यान्वयन गर्न आवश्यक कूटनीतिक वातावरण तयार पार्ने ।
लिपुलेक, लिम्पियाधुरालगायतको कालापानी क्षेत्र नेपालको अधिनमा ल्याउन क्रियाशील रहने ।
धोबीखोला करिडोर र साततले–आनीगुम्बा सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने ।
गोपीकृष्ण हल अगाडिबाट तिलगङ्गा निस्किने गरी ‘अन्डरपास’ वा ‘फ्लाइओभर’ सडक वा गोपीकृष्ण हल अगाडिबाट धोवीखोला करिडोर हुँदै रातोपुल पु¥याई र रातोपुलबाट तिलगङ्गा निस्किने गरी ‘अन्डरपास’ वा ‘फ्लाइओभर’ सडक निर्माण गर्ने ।
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम २ वर्षभित्र सम्पन्न गरी अन्य योजनामार्फत खानेपानीको समस्या पूर्ण रूपमा समाधान गर्ने ।
धोबीखोला, चखुंचा खोलामा निर्माणाधिन बक्स कल्र्भट र ढल निमार्णको काम आगामी १८ महिनाभित्र सम्पन्न गर्ने ।
बाढी तथा डुबान नियन्त्रणका लागि एकीकृत आयोजना मार्फत यस क्षेत्रलाई बाढी तथा डुबानमुक्त बनाउने ।
‘एक वडा एक सार्वजनिक शौचालय’ निर्माण गरी प्रत्येक टोलमा सार्वजनिक शौचालय अभियान संचालन गर्र्ने ।
फोहोरमैला व्यवस्थापनका लागि रणनीति तयार गरी बैज्ञानिक ढङ्गले फोहोरमैला विसर्जन र व्यवस्थापन गर्ने ।
सामुदायिक विद्यालय र क्याम्पसको भौतिक संरचना निर्माण, स्तरोन्नति तथा आधुनिकीकरण गर्ने ।
२ वर्षभित्र दुवै नगरक्षेत्रमा एक एकवटा सार्वजनिक पुस्तकालय निर्माण र सञ्चालन गर्ने ।
५ बर्षभित्र पशुपति विश्वविद्यालय स्थापनाको प्रक्रिया पुरा गर्ने ।
बुढानीलकण्ठ नगर अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने । सबै नागरिकको लागि आधारभूत स्वास्थ उपचारलाई निःशुल्क गर्ने ।
विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको संरक्षण, नियमन र विकासका लागि एकीकृत योजना तयार पारी लागु गर्ने ।
स्थानीय पर्व र उत्सवहरूलाई संरक्षण, सम्र्बद्धन, प्रचार तथा नियमित सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने ।
बूढानीलकण्ठको चुनिखेल क्षेत्रलाई समेत समेटी चाबहिलको चारुमती क्षेत्रलाई काठमाडौँ उपत्यकाकै नेवारी संस्कृति झल्किने सङ्ग्रहालयको रूपमा विकास गर्ने ।
काठमाडौँ क्षेत्र नं. ४ भित्रका सुकुम्बासी दाजुभाइ दिदीबहिनीले अहिलेसम्म भोग्दै आएको समस्याको समाधान गरी स्थानीय सरकारको सहकार्यमा लालपुर्जा वितरण गर्ने ।
महिलाहरूको सिप विकास, घरेलु उद्यम र स्वरोजगारी सिर्जना तथा सामाजिक सशक्तीकरणका लागि तालिम, प्रोत्साहन र अवसरहरूको प्रबन्ध गर्ने ।
१०० जना क्षमताको शिवपुरीको फेदीमा आधुनिक र सुविधासम्पन्न ज्येष्ठ नागरिक आवास भवन निर्माण गर्ने ।
नयाँ भौतिक संरचना तथा पार्कहरू ज्येष्ठ नागरिक तथा आपाङ्गमैत्री हुने व्यवस्था मिलाउने ।
‘एक वडा एक खेलग्राम’ को अवधारणाअनुरूप खेल पूर्वाधार विकास गर्ने ।
३ वर्षभित्र सिफलचौर र सुवर्ण शम्शेर खेलमैदानलाई राष्ट्रियस्तरको खेलमैदान बनाइने ।
काठमाडौं ४ लाई दुव्र्यसनमुक्त क्षेत्र बनाउन अभियान संचालन गर्ने ।
स्कुल र कलेजहरूमा व्यापार र प्रविधि इन्क्युबेटरहरू स्थापना गरेर स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने ।
योग्यताको आधारमा रोजगारी दिने, स्वरोजगार विकासको लागि बीउ पूँजी र तालिम संचालन गरी बेरोजगारी समस्या समाधान गर्ने ।
शिवपुरीक्षेत्रलाई जनताको उपयोगमा रहने गरी पर्यटन प्रवद्र्धनसँग एकाकार गर्ने ।
सार्वजनिक पार्क तथा चौरहरूको स्तरोन्नति गरी आधुनिकीकरण र सौन्दर्यकरण गर्ने ।
‘एक टोल एउटा सुन्दर पार्क’ को अभियान अगाडि बढाउने ।
यो पनि पढ्नुहोस्
बूढानीलकण्ठ–१३ को शुवर्ण शमशेर क्रिकेट मैदान अब डा. राजनले बनाउने
बेहाल बनेको आफ्नै नामको क्रिकेट मैदान देखेर स्वर्गबाट गगन थापालाई सराप्दै होलान् सुवर्ण शमशेर
गगन थापालाई गिज्याईरहेको निर्माणाधीन शुवर्ण शमशेर स्मृति खेल मैदान