यूएईले नेपाललाई दियो १९२ रनको लक्ष्य



काठमाडौं । बलिङमा सोमपाल कामी र ललित राजवंशी चम्किएपछि तीन खेलको एकदिवसीय श्रृंखलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले युनाइटेड अरब इमिरेट्स(यूएई) बाट १९३ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रनको योगफल खडा गर्‍यो ।

यूएईलाई कम योगफलमै रोक्न नेपालका सोमपाल र ललितले समान तीन विकेट लिए । १० ओभरमा ललितले ४१ रन खर्चिदा सोमपालले ७.२ ओभरमा ३५ रन दिए । यसबाहेक, करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक–एक विकेट लिए ।

यूएईका ओपनर मुहम्मद वसिमले ५० रन बनाए । वसिमले ४६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । अलिसन सराफुले ३५, भ्रित्या अरविन्दले २५, बसिल हमेदले २४, कप्तान सिपी रिजवानले २२ र विष्णु सुकुमारनले १५ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्