काठमाडौं । आफूलाई प्रधानमन्त्रीको स्वघोषित उम्मेद्वार बनाएका काँग्रेसका महामन्त्री गगन थापा आफैँमा विवादित छन् । गत निर्वाचनमा बम पड्केको स्थानबाट निकै पर पुगेका उनले मतदातालाई ईमोशनल ब्ल्याकमेलिङ गर्न टाउकोमा पट्टी बाँधेर भाषण गरे ।
चोट नै नलागी आफ्नो टाउकोमा पट्टी बाँधेर आमसभामा सम्बोधन गरको थापाको अभिनयलाई आम मतदाताले पत्याए । उनको त्यहि फण्डा विजयको आधारशीला बन्यो ।
ठूला–ठूला गफ र भाषणकलाको माध्यामले आम युवालाई प्रभाव पार्ने क्षमता राख्ने थापाले आफ्नै पार्टी नेताको नाममा बनाउने संकल्प गरेको शुवर्ण शमसेर क्रिकेट मैदान सम्म बनाउन सकेनन् । तिनै थापा अहिले प्रधानमन्त्रीको दावेदारको रुपमा आफूलाई प्रस्तुत गरेर आम मतदातामा प्रभाव पार्न खोजिरहेका छन् ।
पार्टीभित्र रक्षात्मक बनेका थापाको स्वघोषित दावीलाई पार्टीका नेता डा. शेखर कोईराला र प्रवक्ता डा. रामशरण महतले प्रष्ट रुपमा खण्डन गरिसकेका छन् । त्यसैले पनि उनको प्रधानमन्त्री कार्ड अब काम नलाग्ने देखिन्छ ।
डा. स्वर्णिम वाग्ले अर्थशास्त्रमा राम्रो ज्ञान भएका व्यक्ति भनेर चिनिन्थे । नेपाली काँग्रेस भित्र कुनै हैसियत नभएका तिनै वाग्लेले गगन थापालाई भावी प्रधानमन्त्री भनेर काठमाडौं–४ मा आएर भाषण गरे । वाग्ले काठमाडौं–४ का मतदाता होईनन् भने उनी यो क्षेत्रमा परिचित समेत छैनन् । शुरुदेखि जागिरे रहेका वाग्ले अहिले मोटो रकम लिएर गगन थापाको पक्षमा वकालत गर्दै हिडेको प्रमाण आफूसँग रहेको दावी काँग्रेसका नेताहरुले गर्ने गरेका छन् ।
डा. गोविन्द केसी विगतदेखि नै गगन थापाका सहयोगी हुन् । अझ भन्दा गरिबको लागि स्वास्थ्य सुविधालाई लिएर पटक–पटक आन्दोलन गर्ने बहाना बनाएका उनले आफैले नेतृत्व गरेको त्रिविको हाडजोर्नी विभागलाई लथालिङ्ग बनाएर छोडेको आरोप त्यहीका डाक्टरहरु बताउने गर्छन् ।
१० वर्षसम्म आफ्नो निर्वाचन क्षेत्रमा काम नगर्ने, पश्चिमा सहयोगमा मिडियामैत्री बन्ने थापा अहिले प्रत्येक वडामा युवाहरुलाई फ्री रक्सी, मासु सहित दैनिक तीनहजार सम्म भत्ता दिएर परिचालन गरिरहेका छन् । समय नै नपुगी आफूलाई प्रधानमन्त्री दावी गरेको कारण काँग्रेसको संस्थापन पक्ष खुशी छैन भने डा. शशांक कोईराला र प्रकाशमान सिंहका सहयोगीहरु समेत गगनलाई विजयबाट रोक्न आन्तरिक अभियानमा लागेका छन् ।
एकाध छोड्ने हो भने काँग्रेस भित्रका वौद्धिक वर्ग, कानुन व्यवसायीहरु र राष्ट्रवादी कार्यकर्ताहरु समेत गगन थापालाई विदेशी एजेण्टको रुपमा चित्रित गर्दै हराउने अभियानमा लागेका छन् । पैसाको बलमा आफूलाई शक्तिशाली बनाउँदै आएका थापाको पैसा खाने तर भोट नहाल्ने संकल्प बोकेका धेरै नेता कार्यकर्ताहरु अहिलेपनि टोल–टोलमा भेटिन्छन् ।
नेकपा एमाले काठमाडौं ४ ले भर्खरै सम्पन्न गरेको आन्तरिक मत सर्भेक्षणले नेपाली काँग्रेसका प्रतिष्पर्धी भन्दा आफ्ना उम्मेद्वार डा. राजन भट्टराई २१५० मतले अगाडि रहेको तथ्यांक पार्टी कमिटीमा प्रस्तुत गरेको छ ।
यो पनि पढ्नुहोस्
अन्यायमा परे काँग्रेसका युवा तथा आशालाग्दा यि नेताहरु
गगन थापालाई अर्को झड्का “नेता गगन थापाले पटक-पटक फोन गर्दा समेत वासुदेव दाईले फोन उठाउनु भएन”