प्रचण्डकै कारण वामपन्थी शक्ति कमजोर बन्यो : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डकै कारण वामपन्थी शक्ति कमजोर बनेको बताएका छन् ।

बिहीबार झापा क्षेत्र नम्बर १ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डकै कारण वामपन्थी शक्ति कमजोर बनेको आरोप लगाएका थिए।

वामपन्थी शक्तिलाई बलियो बनाउन आफूले प्रचण्डसँग सहकार्य गरेपनि उनले धोका दिएको ओलीको आरोप थियो।

‘माओवादीलाई जोरजाम गरेर एमालेमा गम लगाएर टाँसेको थिएँ। प्रचण्ड पक्लक्क उक्किए। प्रचण्ड उक्किए पनि थुप्रै माओवादी साथीहरू एमालेमै रहे। उनीहरूलाई म धन्यवाद भन्न चाहान्छु,’ ओलीले भने।

एमाले राष्ट्रियतावादी पार्टी भएकाले कमजोर बनाउन अनेक षड्यन्त्र भइरहेको ओलीको भनाइ छ।

यसपटकको निर्वाचनमा राष्ट्रिय हितविपरीतका शक्तिलाई पराजित गर्नुपर्ने ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्