समाज आतंकित पार्नेलाई स–प्रमाण आरोप पुष्टि गर्न दीपक निरौलाको खुल्ला चुनौती



काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ५ (ख) का प्रदेशसभा सदस्यका उम्मेद्वार एव्म नेकपा एमाले वाममती प्रदेशका अध्यक्ष दीपक निरौलाले आफूमाथि लगाइएको आरोप स–प्रमाण पुष्टि गर्न खुल्ला चुनौती दिएका छन् ।

उनले क्यान्सर रोगबाट लामो समयदेखि बिरामी परेर थलिएका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला नेपाली काँग्रेस निकट कार्यकर्ताहरुले अनावश्यक आरोप लगाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत, ‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनैतिक प्राणि हु गैर राजनैतिक काम मेरो आदर्श हैन । मेरो चुनौति छ मित्रहरु आरोप पुष्टी गर्नुस् बरामद केहि छ भने सप्रमाण आउनुस्, भनेका छन् ।

उम्मेद्वार निरौलाले ‘आफू राजनीतिक मान्छे भएकाले गैरराजनीतिक कार्य कहिल्यै नगर्ने दाबी गरेका छन् । साथै आफूमाथि अनावश्यक आरोप लगाई समाजलाई आतंकित नपार्न समेत उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्