गठबन्धनको विकल्पबारे सोचेका छैनौं : देव गुरूङ



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठक चुनावी समीक्षामा केन्द्रित रह्यो ।

महासचिव देवप्रसाद गुरूङले चुनावी समीक्षा र सरकारबारे सामान्य रूपमा छलफल गरिएको पत्रकारहरूलाई बताए ।

‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन । आपसी समझदारीलाई जोड दिने हो । अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं,’ गुरूङले भने, ‘गठबन्धनको बैठक गरेर समीक्षा गर्छौं ।’

उनले गठबन्धनको विकल्प पार्टीले अहिले नै नखोजेको र गठबन्धनबाट नै नयाँ सरकार बनाउन माओवादीको पहिलो प्रयास भएको बताए ।

प्रतिक्रिया दिनुहोस्