काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पहिले को बन्ने भन्नेबारे सल्लाह भइरहेको बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने भन्दै प्रधानमन्त्रीका बारेमा सल्लाह भइरहेको बताए ।
शान्तिपूर्ण र सफल रुपमा निर्वाचन सम्पन्न भएको र शपथ ग्रहण पनि उत्साहपूर्ण ढंगले भएकाले सरकार पनि त्यसैअनुरुप बन्ने र काम गर्ने प्रचण्डको भनाइ छ ।