काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
उनले अहिलेकै गठबन्धनले सरकार बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका काम गर्न तयार रहेको बताए । निर्वाचनबाट पार्टीले सोचेजस्तो सिट ल्याउन नसकेको उनले उल्लेख गरे ।
उनले सरकार निर्माण र मन्त्रीका लागि मात्र आफू सरकारमा नजाने बताए । अबको सरकार हिजोको जस्तो बन्न नहुने भन्दै उनले जनमुखी काम गर्ने सरकार आवश्यक रहेको औँल्याए ।