काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।
उनले आफूमात्र नभई दोस्रो पुस्ताका नेताहरु पनि सरकारमा नजाने बताए । ‘मसहित दोस्रो तहका नेताहरु मन्त्रीमा जाँदैनौं’, पुनले भने, ‘बाहिरै बसेर सरकारलाई सफल पार्न लाग्छौं । सिंगो पार्टी सरकारको सफलताका लागि सक्रिय रहन्छ ।’
देउवा–प्रचण्ड समीकरण भत्काएर वाम गठबन्धन बनाउन मिहिनेत गरेका पुनलाई बाहिर राखेर पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई क्याबिनेटमा
उपप्रधानमन्त्री बनाएपछि उनी असन्तुष्ट रहेको चर्चा माओवादी केन्द्रभित्र छ । पुनले मर्यादाक्रममा तल पर्ने भएपछि सरकारमा जान तयार नभएको भन्ने आशंकामा सत्यता नरहेको जिकिर गरे ।