काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दै छ । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत उक्त दिन लिने संसद् सचिवालयलाई जानकारी गराइसकेका छन् । संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको पुष्टि गरे ।