काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका छन्।
संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ।
बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ। बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ।