काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सरकार बन्ने अवस्था नदेखेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सहमतिको सरकारका विषयमा आफूले केही नभएको बताए ।
“मैले सहमतिको सरकार भनिसकेको छैन । सहमति, सहकार्य र एकता भनेको हुँ,” उनले भने । सहमतिको सरकार सम्भव छ त ? भन्ने पत्रकारको प्रश्नमा उनले भने– त्यो हेर्दै जाउँ ।”