मधेस प्रदेशसभाका सभामुख र उपसभामुखले लिए पद तथा गोपनियताको शपथ



जनकपुरधाम । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बुधबार बिहान मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख ईशरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उपसभामुख इशरले भने हिन्दी भाषामा सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरुसहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्